धनकुटालाई अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि

धनकुटालाई अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि
सुन्नुहोस्

धनकुटा : धनकुटामा जारी तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाको महिला टिमले हात पारेको छ। 

बिहीबार धनकुटा–५ तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा चौविसे गाउँपालिकाको महिला टिमलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधि हात पारेको हो। धनकुटा नगरपालिका साविक विजेता पनि हो। 

अघिल्लो संस्करणमा पनि चौविसे गाउँपालिकालाई पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधि जितेको थियो। 

उपाधिसँगै धनकुटा नगरपालिकाले नगद ६० हजारसहित ट्रफी हात पार्‍यो भने उपविजेतामा सीमित चौविसे गाउँपालिकाले नगद ३० हजारसहित ट्रफीमै चित्त बुझायो। धनकुटा नगरपालिकाको जितमा सन्ध्या रम्तेल र भूमिका राईले गोल गरेका थिए। 

दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। पहिलो हाफमा धनकुटा नगरपालिकाले चौविसेको टिमलाई दवावमा राखेको थियो। 

दोस्रो हाफको सुरुवातसँगै चौविसे गाउँपालिका खेलमा फर्किन कोसिस गरेपनि गोल स्कोर निकाल्न सकेन। गोलका केही अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा चौविसेले स्कोर निकाल्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपर्‍यो। 

यता धनकुटाको टोलीले पाएको केही अवसरलाई गोलमा परिणत गर्न सकेन। लगातारको प्रहारलाई चौविसेका डिफेन्सले विफल तुल्याइदिएका थिए। 

खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिका टिमकी र्तीथकुमारी लिम्बु घोषित भइन्। त्यस्तै प्रतियोगिता भर सर्वाधिक सात गोल गर्ने धनकुटा नगरपालिकाकी विर्सना चौधरीलाई मायाको चिनो स्वरुप एक थान जर्सी उपलब्ध गराइएको थियो। 

सेमिफाइनलमा चौविसेले सहिदभूमिलाई र धनकुटा नगरपालिकाले पाख्रिवासलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। 

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा माघ २३ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा धनकुटाको सातै स्थानीय तहको महिला टिम सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.