मधेस प्रदेशमा १२ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

मधेस प्रदेशमा १२ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
सुन्नुहोस्

जनकपुरधाम: मधेस प्रदेशको प्रदेश सभा बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। बुधबारको प्रदेशसभा बैठकबाट सभामुख रामचन्द्र मण्डलले १२ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेका हुन्।

प्रदेश सभा सञ्चालन नियमावली २०७५ को नियम १३ बमोजिम प्रदेश सभामा पेश हुने विषयको प्राथमिकता, समयावधिको निर्धारण लगायत बैठकलाई व्यवस्थित रुपले सञ्चालन गर्न र सभामुखलाई आवश्यक परे परामर्श गर्न कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो ।

समितिमा नेकपा एमालेका लखन दास तत्मा र हरिनारायण महतो, नेपाली कांग्रेसका कुमार कान्त झा र जिवछी कुमारी यादव, जनता समाजवादी पार्टीका रामअशिष यादव, जनमत पार्टीका चन्दन कुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीकी रानी कुमारी तिवारी, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर गोइत यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कञ्चन विच्छा, नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी र नागरिक उन्मुक्ति पार्टीकी उर्मीला देवी सिंहलाई दलीय सहमति अनुसार मनोनय गरिएको संसद सचिवालयले जनाएको छ।

१३ सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा नेकपा माओवादी केन्द्रबाट सांसदको नाम आउन बाँकी रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.