विद्यालयमा विद्यार्थीले सिकाए मुढा बनाउने सीप

विद्यालयमा विद्यार्थीले सिकाए मुढा बनाउने सीप
सुन्नुहोस्

दोलखा : दोलखाको बुढाभीमसेन माध्यमिक विद्यालयका विद्यार्थीले मुढा बनाउने सीप आदानप्रदान गरेका छन्।  

कक्षा ९ का विद्यार्थी आभाष बस्यालले आफूले जानेको मुढा बनाउने सीप साथीहरू बीच प्रदर्शन गरेका हुन्। घरमा आमाबाबुबाट सीप सिकेका बस्यालले विद्यालय परिवारलाई सीप सिकाएको विद्यालयले जनाएको छ। 

एक दिवसीय मुढा बनाउने सीप विकास कार्यक्रममा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो। विद्यालयमा आयोजना गरिएको तालिमले बालबालिकामा सिजर्नात्मक सीपको विकास हुनुका साथै समाजमा पनि सकारात्मक सन्देश जाने विद्यालयका प्रधानाध्यापक राजन कार्कीले बताए। 

कितावी ज्ञानसँगै व्यवहारिक सीपको महत्व बुझाउन विद्यालयले कार्ययोजना बनाएरै लागू गरेको कार्कीको भनाइ छ। सीप सिकेपछि कक्षा ९ की छात्रा रजिता सुनुवारले बिदाको समयमा मुढा बनाउन सकिने बताइन्।

किताबका विषयमात्र नभएर समय समयमा यस्ता सीप सिक्न सके आम्दानी गर्न पनि समेत सजिलो हुने उनको भनाइ छ। 

विद्यालयमा पठन पाठन गरिने व्यावसायिक शिक्षा अन्तरगत विद्यार्थीलाई हस्तकलाका सीपको प्रवर्द्धन गर्ने उद्देश्यले विद्यार्थीमा भएको सीपलाई अन्य विद्यार्थीमा हस्तान्तरण गर्ने कार्यक्रमको आयोजना गरिएको विषयगत शिक्षक राजु नेपालीले बताए। 

परम्परागत सीपसँगै विद्यालयले गत साता हस्तकला प्रर्दशनी आयोजना गरेको थियो। 

तालिममा मुढाका लागि आवश्यक सिटा बनाउने,मुढा बाँध्ने र तयारी लगायतका विषयमा विद्यार्थी बस्यालले जानकारीसहित नमुना मुढा तयार पारेर प्रदर्शन गरेका थिए भने अन्य विद्यार्थीले पनि सँगै मुढा तयार गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.