कर्मचारी र प्रहरी बिना सरकार चल्दैन : मुख्यमन्त्री यादव

कर्मचारी र प्रहरी बिना सरकार चल्दैन : मुख्यमन्त्री यादव
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती ऐन र प्रहरी समायोजन तत्काल गर्न माग गरेका छन्। 

उनले प्रहरी र कर्मचारी बिना सरकार नचल्ने भएकाले तत्काल प्रहरी ऐन र कर्मचारी ऐन ल्याएर संघीय सरकारले सरकार सञ्चालनको बाटो खोल्नुपर्ने बताएका हुन्। 

शुक्रबार जनकपुरधाम व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले संघ सरकारसँग निजामती ऐन र प्रहरी समायोजन भएमा २४ घण्टामै मधेस प्रदेशमा कुनै पनि किसिमको अनियमितता नहुने दाबी गरे।

मुख्यमन्त्री यादवले भने, ‘संघ सरकार निजामती ऐन र प्रहरी समायोजन गर्न तयार भए यस प्रदेशमा कुनै किसिमको अनियमितता हुँदैन। भ्रष्टाचार र अपराध केही पनि हुँदैन। त्यसको ग्यारेन्टी म लिन्छु।’

उनले संघीयता विरोधीहरूका कारण विगतदेखि नै प्रदेश सरकारको धेरै काम कारबाहीमा अप्ठ्यारो भए पनि संघीयतालाई मजबुत बनाउने काममा कुनै कठिनाई हुन नदिएको दावी गरे।

उनले आफू सभामुख रहेको बेला आफ्नो एक्लो प्रयासले जनकपुरधामलाई राजधानी र मधेस प्रदेश नामकरण गर्न सफल भएको पनि बताए।

मुख्यमन्त्री यादवले भने, ‘मैले प्रदेशको नाम र राजधानीका लागि प्रयास नगरेको भए दुवैमध्ये एउटा पनि हुने थिएन। त्यसको शतप्रतिशत ग्यारेन्टी थियो।’

उनले राजधानीको मुख्य सहर जनकपुरधाम नै रहेकाले यसको विकासका लागि एक वर्षभित्र बजेट विनियोजन गर्ने समेत स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.