मौलापुरकी मेयर साहसहित १० जनालाई एमालेको कारवाही

मौलापुरकी मेयर साहसहित १० जनालाई एमालेको कारवाही
सुन्नुहोस्

जनकपुरधाम: नेकपा एमालले मौलापुर नगरपालिकाकी मेयर रीना साहसहित १० जनालाई कारबाही गरेको छ। नेकपा एमाले मधेस प्रदेश समितिको सचिवालय बैठकले पार्टीको हित विपरित काम गरेको आरोपमा साधारण सदस्य नरहने गरी कारवाही गरेको छ। 

साहसहित नेकपा एमाले मधेस प्रदेश कमिटीले १० जनालाई कारवाही गरेको हो। उनी आम जनता पार्टीका अध्यक्ष समेत रहेका प्रभु साहकी धर्मपत्नी हुन्।

मौलापुरकी मेयर साहलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको नेकपा एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार चौधरी बताए। देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु ३ महिना निलम्बन हुने गरी कारवाही गरेको एमालेले जनाएको छ।

एमाले मधेस प्रदेश समितिको सचिवालय बैठकबाट एमाले मधेस प्रदेश समितिका उपाध्यक्ष रेवती पन्तसहित १० जनालाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै ३ महिनालाई कारबाही गरेको हो। 

मौलापुर नगरपालिकाकी मेयर रीना साहलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारवाही गर्दै मेयर पद खारेजीका लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको एमाले मधेस प्रदेशले जनाएको छ।

त्यस्तै, प्रदेश सदस्य बसरुद्दिन राइन, सर्लाहीका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका सदस्य मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्वजिल्ला सदस्य मौजेलाल साह कानुलगायतलाई एमाले मधेश प्रदेशले कारबाही गरेको प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.