मधेसका बाँकी तीन जिल्ला र प्रदेश अधिवेशन गर्ने एमालेको निर्णय
जनकपुरधाम : नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ। नेकपा एमाले मधेस प्रदेश समितिको सचिवालय बैठकले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तोकेको हो।
जिल्ला अधिवेशन बाँकी जिल्लाहरू महोत्तरी, पर्सा, रौतहतमा जिल्ला अधिवेशन गर्ने मिति तय गरेको हो। जसअनुसार महोत्तरीको फागुन १४ र १५, पर्साको १७ र १८ र रौतहटको २० र २१ गते तय गरिएको छ।
प्रदेश अध्यक्ष रामअवतार चौधरीका अनुसार अधिवेशनपश्चात् बैशाख २९ र ३० गते प्रदेश अधिवेशनसमेत गर्ने निर्णय भएको छ। नेकपा एमाले मधेस प्रदेश समितिको सचिवालय बैठकबाट मौलापुरकी मेयर रिना साहसहित १० जनालाई कारबाही गरेको छ। मेयर साहलाई मेयर पदबाट निलम्बन हुनेगरी र नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएको छ। अन्यलाई भने पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको सूचना विभाग उपप्रमुख अवधेशत कामतले जानकारी दिए।