मुर्कुचीमा विज्ञान तथा कला प्रदर्शनी

मुर्कुचीमा विज्ञान तथा कला प्रदर्शनी
सुन्नुहोस्

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका-७, मुर्कुचीस्थित नमुना माध्यमिक विद्यालयले जिल्लामै पहिलो पटक दुई दिने विज्ञान तथा कला प्रदर्शनी आयोजना गरेको छ। 

६१ औं वार्षिकोत्सव तथा १९ औँ अभिभावक दिवसका अवसरमा विद्यालयले प्रर्दशनी आयोजना गरेको हो। 

बिहीबारसम्म हुने प्रदर्शनीमा विज्ञान, कला, समाज र वातावरण गरी चार विद्या समेटेर विद्यार्थीहरूको प्रतिभा प्रदर्शनी गरेको प्रधानाध्यापक खड्गबहादुर थापा मगरले बताए। 

उनका अनुसार चारै विद्याका उत्कृष्ठ विद्यार्थीलाई १०/१० हजार नगद पुरस्कारले सम्मान गरिने छ। पढाइसँगै विद्यार्थीहरूको अन्य क्षेत्रमा अब्बलता हासिल गरून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए। 

प्रदर्शनीमा उदयपुरको रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका र छिमेकी जिल्ला सिरहाका गरी ३५ भन्दा बढी सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता छ। 

३ सय १४ जना विद्यार्थीले सहभागिता जनाएको प्रर्दशनीमा ९० वटा स्टल तयार गरिएको छ।

प्रर्दशनीमा विद्यार्थीहरूले सुविधा सम्पन्न नमुना बस्ती, स्मार्ट सहर, हाइड्रोलिक पिच सडक, व्यवस्थित पार्किङ, घर, पानी मिल, हाइड्रोपावर, वाइन जेनेरेटर, हावाबाट बिजुली निकाल्ने प्रविधि, माउण्टेन एरिया, स्काईभेटर, लिफ्ट, जलविद्युत्, थोपा सिँचाइ, सोलार, स्मार्ट मुर्कुची बजारका नक्सा तथा प्रविधिहरू देखाइएको छ। 

त्यसैगरी सोलार प्रविधिबाट खाना पकाउने तरिका, मोबाइलबाट लक हुने र खुल्ने गरी स्मार्ट घर, स्वस्थकर खाना, जडिबुटी, झोला, बालविवाह न्यूनीकरण सम्बन्धी सन्देशमुलक प्रचार पम्पप्लेट, संस्कृति झल्कने भाइबहिनी बीचको प्रेमको प्रतीक सामाचकेवा, घुम, पेरुङ्गो, वडघर, चुरुङ्गो, ओखल, ढिकी, हलो, जुवा, कोदाली लगायतका सामग्री प्रर्दशनीमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.