मधेसमा अढाई लाख मेट्रिक टन मलको व्यवस्था गर्दैछौं : मन्त्री कुशवाहा

मधेसमा अढाई लाख मेट्रिक टन मलको व्यवस्था गर्दैछौं : मन्त्री कुशवाहा
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर वसन्त कुशवाहाले मधेस प्रदेशमा किसानका लागि कम्तिमा ३ लाख मेट्रिक टन मलको आवश्यक रहेको बताएका छन्। 

हाल १ लाख मेट्रिक टन मल मात्रै औसत रूपमा उपलब्ध भइरहेको बताए। तर आगामी आर्थिक वर्षदेखि मधेसका किसानका लागि अढाई लाख मेट्रिक टन मलको व्यवस्थापन गर्न लागेको बताएका हुन्।

संघीय सरकारको समन्वयमा प्रदेश सरकारको बजेटबाट समेत मल व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश सरकार अर्गानिक मलका लागि समेत पहल गरिरहेको मन्त्री कुशवाहाले बताए। 

आर्थिक वर्ष २०७९/०८० मा अधिकांस योजना वितरणमुखी रहेको बताउँदै वितरणमुखी योजना कार्यान्वयनमा ल्याउन नसक्ने बताए।

शुक्रबार एक महिने कार्यकालको उपलब्धी सार्वजनिक गर्दै मन्त्री कुश्वाहाले भने ‘अहिलेको रेडबुकमा अधिकांश योजना वितरणमुखी छन्, त्यस्तो योजनाहरूको अध्ययन गरिरहेका छौँ।’ कार्यान्वयनमा ल्याउनु भन्दा पनि बरु के विकल्प हुन सक्छ त्यसको खोजीमा लागि परेका छौँ।' 

मन्त्री कुशवाहाले मन्त्रालयबाट अधिकांश योजना अधुरो डीपीआरकै भरमा सञ्चालनमा रहेको समेत बताए। उनले यस्ता प्रोजेक्टलाई नरोक्ने तर त्यसलाई पुनः अध्ययन गरेर कसरी सही गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नयाँ विद्यार्थी इन्टर्नमा हायर गर्ने भएको छ। मन्त्रालय मातहतको कार्यालयहरूमा थप वर्क फोर्स चाहिने भएकाले इन्टर्न हायरको कन्सेप्टमा अघि बढेको मन्त्री कुशवाहाले जानकारी दिए। 

उनले भने, ‘बिएस्सी भेटनरी साइन्स, बिएस्सी एजी र जेटिए पढेको ८१ जना विद्यार्थीहरूलाई एक वर्षका लागि वहाँहरूलाई हायर गरेर सहयोगका लागि लगाउँछौं।' 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.