कवाडीका सामानलाई पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल

कवाडीका सामानलाई पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल
मर्मत गरी पुनः प्रयोगका लागि ठिक्क पारिएका कोशी अस्पतालका बेडहरू। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : प्रयोगविहीन अवस्थामा रहेका सामानलाई विराटनगरस्थित कोशी अस्पतालले मर्मत गरी पुनः प्रयोगमा ल्याउन थालेको छ।

अस्पतालको बेड र स्ट्रेचर लगायतका सामग्रीलाई मर्मत गरी कोशीले पुनः प्रयोग गर्न थालेको हो। प्रारम्भिक चरणमा बिरामीलाई राख्ने ५० वटा बेड, २२ वटा स्ट्रेचर अस्पतालले ‘रि-युज’ गरेको छ। 

प्रयोग गर्न नमिल्ने भन्दै कवाडीमा फालिएका सामग्रीमा न्यूनतम खर्च गरेर मर्मत गरी पुनः प्रयोग गर्न थालिएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले अन्नपूर्णलाई बताए। 

उनले भने, ‘कौडीको भाउमा बेच्न ठिक्क पारिएका सामग्रीलाई सामान्य खर्चमा मर्मत गरेर पुनः प्रयोगमा ल्याएका छौं। यसले अस्पतालको खर्च घटेको छ।’

कवाडी भन्दै फालिएका सामानलाई अस्पतालले पुनः प्रयोगमा ल्याउन थालेपछि यसले सेवाग्राहीलाई पनि उपचारमा सहजता थपिएको बताइएको छ। 

अस्पतालले कवाडीका रूपमा टेबुल, दराज र फर्निचर लगायतका सामग्री पनि मर्मत गरी प्रयोगमा ल्याउने तयारी गरेको छ। 

अस्पतालले बेड पुनःमर्मतका लागि एलबिटी इन्टरप्राइजेज प्रालि इटहरीलाई ठेक्का दिएको छ। सो कम्पनीले प्रतिगोटा ३ हजार ३ सयका दरमा कवाडीका रूपमा फालिएका बेड मर्मत गरेर प्रयोग गर्न मिल्ने बनाएको हो। 

बिरामी राख्न प्रयोग गरिने सामान्य बेडलाई न्यूनतम १५ हजारभन्दा बढी पर्छ। बिरामीको चाप बढिरहेका कारण प्रयोग गर्न नमिल्ने भएपछि फालिएका बेडलाई मर्मत गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले जानकारी दिए।

तीन सय ५० बेडको कोसी अस्पतालमा विरामीको चाप धान्न करिब चार सय बेड राखिएका छन्। मर्मत गरी तयार भएका बेडलाई वार्डमा राखिने उनले बताए।

अस्पताल प्रशासनले केही समय अगाडि ती मेडिकल सामग्री कवाडीमा बिक्री गर्ने तयारी गरेको थियो। तर बिक्री गर्न रोकेर पहिलो पटक मर्मत गरेर पुनः प्रयोगमा ल्याएको हो।  

साढे तीन सय बेडको अस्पताललाई पाँच सय बेड स्तरोन्नतिका लागि सर्भे गरेर केन्द्रमा  प्रतिवेदन पठाएको अस्पताल विकास समितिका अध्यक्ष  महेश भट्टराईले बताए। 

बेड र कर्मचारी दरबन्दी  केन्द्रबाट स्वीकृत भएपछि अस्पताले पाँच सय बेड सञ्चालनमा आउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.