छैठौं शैक्षिक गोष्ठीमा विद्यालय शिक्षा प्रणालीबारे छलफल

छैठौं शैक्षिक गोष्ठीमा विद्यालय शिक्षा प्रणालीबारे छलफल
सुन्नुहोस्

काठमाडौं: ‘नेपालमा शिक्षण, सिकाइ र मूल्याङ्कन प्रणालीमा समावेशीता र गुणस्तरको विकास’ भन्ने नाराका साथ छैठौं शैक्षिक गोष्ठी सम्पन्न भएको छ। 

ब्रिटिस काउन्सिल नेपालले आयोजना गरेको शैक्षिक गोष्ठी नेपालको विद्यालय शिक्षा क्षेत्र योजना, नेपालको शिक्षा नीति २०१९ र २१औं शताब्दीको विद्यालय शिक्षा प्रणालीका प्राथमिकता, गुणस्तरीय विद्यालय शिक्षालगायतका विषयका केन्द्रित भयो।
 

गोष्ठीमा शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, कलामार्फत रचनात्मक शिक्षा र मूल्याङ्कनका विषयमा छलफल भएको छ। विद्यालय शिक्षा क्षेत्रको प्राथमिकतासँग जोडिएर भएको छलफलमा  नेपालको शिक्षा नीति र २१ औं शताब्दीको विद्यालय शिक्षाका आवश्यकता प्रणालीका बारेमा बहस भएको छ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले गोष्ठीका मुख्य ४ विषयलाई मन्त्रालयले हाल विकास गरिरहेको नयाँ विद्यालय शिक्षा क्षेत्र योजनामा राम्ररी प्रतिबिम्बित गराएको बताए। 

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाईरेक्टर म्याकडुगलले नेपालमा ६४ वर्षभन्दा बढी समयदेखि शिक्षा, भाषा सीप, कला र युवा विकासका क्षेत्रमा लाखौं मानिससँग आबद्ध रहेर काम गरेको बताए। 

कार्यक्रममा नेपालमा शिक्षक शिक्षा र विकासको अवस्थाबारे अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.