सुनसरीको हरिनगरबाट साढे दुई क्‍वीन्टल गाँजा बरामद

सुनसरीको हरिनगरबाट साढे दुई क्‍वीन्टल गाँजा बरामद
बरामद गाँजा । तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर: सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित नरकटियाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सशस्त्रले १२ बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।

 सशस्त्रको वसन्तपुर बीओपीबाट खटिएको ७ जना मोबाइल गस्तीको टोलीले सोमबार राति करिब १० बजेतिर गाँजा बरामद गरेको हो । सहायक प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बताए । 

बरामद गाँजा २५८ किलोग्राम रहेको उनले जानकारी दिए । भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको ‘बिआर १ एके ७१००’ नम्बरको भारतीय स्कोरपियोलाई चेकजाँच गर्दा सशस्त्रले गाँजा बरामद हो । 

प्रहरीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालक भने गाडी नरोकी भाग्ने प्रयास गर्दा गाडीको पिछा गर्ने क्रममा खेतको छेउमा गाडी र गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । 

प्रहरीका अनुसार चालक फरार छन्। बरामद गरिएको गाँजा भने प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.