सिमल र फलेदोले शृंगारिएको पोखरा

सिमल र फलेदोले शृंगारिएको पोखरा
सुन्नुहोस्

पोखराः पर्यटकीय शहर पोखरा र वरपर यति बेला अग्ला सिमलको रुखमा राता फूल ढकमक्क छन्। बजारमा फलेदोका फूलले सुन्दरता पनि उस्तै छ।

पोखरा बजारमा पछिल्लो समयमा सिमल र फलेदोका रुख मासिँदै गएका छन्। जति छन् ढकमक्क फुलेर मनोरम बनाएका छन्। बसुन्धरा पार्क, कोमागाने पार्कमा फेलेदो र सिमलका फूलले बेग्लै रौनक भरेको छ। सिमलको रातो र सुन्तला रंगको फूल देखिन्छ।

जिल्ला प्रशासन कार्यलय कास्की, मुख्यमन्त्रीको कार्यालय परिसर सिमलको फूलले आकर्षक बनाएको छ। सिमल नै सिमल भएर सिमलचौर नामाकरण गरिएको ठाउँमा भने आजभोलि सिमलका रुख देख्न पाइँदैन। भरतपोखरी, निर्मलपोखरी, लेखनाथ, अर्मला, पोखरा ७को नुवारथोक, पोखरा १८ को मेथलाङ लगायतका क्षेत्र सिमल र फलेदोको फूलले शृंगारिएका छन्। 

null

सिमल र फलेदो मात्र होइन आरु, चेरीलगायतका वनस्पतिका फूलले पोखरामा सुन्दरता थपेको छ। अग्ला सिमल र फलेदोको रुखमा फूलको रस चुस्त आएका चराचुरुङ्गीको चिरबिर आवाजले वातावरण थप रोमाञ्चित बनाएको छ। 

सिमलका अग्ला रुख गिद्धको वासस्थान पनि हो। पोखराको निर्मलपोखरी, घाचोक, पुम्दी, भरतपोखरी क्षेत्रका अग्ला सिमलको रुखमा यति बेला हिमाली डंगर, सेतो गिद्धलगायत देखिन्छन्। 

पछिल्लो समयमा सिमल र फलेदोका रुखहरु लोप हुने अवस्थामा रहेको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए। सिमलको पात, फूल, जरा, बोक्रामा औषधीय गुण हुने विश्वास छ। 

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.