आदर्शको नाम सीता

आदर्शको नाम सीता
सुन्नुहोस्

सीता एक सभ्यता, एक संस्कृति। एक संस्कार अनि, एक इतिहास। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र। सीता नाम सुन्दै श्रद्धाले शिर झुक्छ, माताको नामबाट पुकार गरिन्छ। देवीको रूपमा पुजिन्छिन्।  

त्रेता युगमा मिथिलाञ्चलका राजा जनकको राज्यमा अनिकाल आइलाग्यो। राजा जनक आफैं हलो जोत्न थाले। सोही क्रममा धर्ती (पृथ्वी) लाई फोरेर सीता प्रकट भइन्। एकाएक धर्तीभित्रबाट बच्चा निस्किएपछि राजा जनक आश्चर्यमा परे। सोही बेला आकाशवाणी भयो ‘यो बच्चा तिम्रो धर्मपुत्री हो।’ निःसन्तान राजा जनकले धर्तीबाट निस्केकी बालिकालाई छोरीको रूपमा स्वीकार गरे। सीता नाम राखे। बाल्मीकि रामायणअनुसार भगवान् राम आफ्ना गुरु विश्वामित्रसँगै जनकपुर पुगेका थिए। त्यहाँ राजा जनकले छोरी सीताको लागि स्वयम्बर आयोजना गरेका थिए। राजा जनकको सर्त थियो, जसले शिवको धनुषमा तानो चढाउन सक्छ, उसैसँग सीताको विवाह हुन्छ। 

भगवान् रामले स्वयम्बरमा भाग लिए। शिवजीको धनुषलाई उठाएर भाँचिदिए। राजा जनकको सर्त पूरा भयो र सीताले रामसँग विवाह गरिन्। सीतालाई लिएर राम अयोध्या फर्के। तर त्यहाँ पुगेपछि राम १४ वर्ष वनवास जानुपर्ने भयो। पिता राजा दशरथले पत्नी कैकेयीलाई वचन दिएका थिए। कैकेयीले रामलाई १४ वर्ष वनवास पठाउनुपर्ने सर्त राजा जनकसँग राखेकी थिइन्। राम वनवास जान तयार भएपछि कान्छा भाइ लक्ष्मण पनि वनवास जान तयार भए। राजमहको सबै सुखसुविधा छोडेर सीताले पनि रामसँगै वनवास जाने अठोट गरिन्। राजपरिवारका अन्य सदस्य र भगवान् राम पनि  सीतालाई वनवास लैजाने पक्षमा थिएनन्। तर, सीताले भनिन्, ‘मलाई जीवनभरि सँगै बस्नु भन्दै मेरो बुवाले विवाह गरिदिनुभएको हो। त्यसैले राज्यको यो सुख सयल छाडेर म १४ वर्ष तपाईंसँगै वनमा बिताउन चाहन्छु।’ सीताको अठोट पछि राम उनलाई पनि वनवासमा लैजान तयार भए।  

त्यसैकारण सीता पतिव्रता नारीको प्रतीक हुन्। उनले श्रीमान् रामबाहेक अरू कसैलाई पनि सपनामा समेत हेर्न चाहिनन्। लंकाका राजा रावणले जबरजस्ती आफू नजिक ल्याउन खोजे। तर सीताले सिन्का रावणसँग सिन्का राखेर दूरी कायम गरेकी थिइन्। र, रावणलाई त्यो सिन्का हटाएर आफूलाई छुने प्रयास गरे, भष्म हुने चेतावनी पनि दिइन्। सीताको तेजलाई हेरेर रावण उनको समीप आउन सकेनन्। 

सीता संस्कारी माता हुन्। छोराहरू लव र कुशलाई संस्कार सिकाइन्। संस्कारी बनाइन्। जतिसुकै कष्ट र व्यवधान आउँदा पनि उनी कसैसँग डराइनन्। कर्म निर्वाह गरिरहिन्। त्यागको परिमूर्ति मानिएकी सीताले श्रीमान् रामको आज्ञा मानेर अग्नि प्रवेश गरिन्। तर, उनको चरित्र यति धेरै ओजस्वी थियो कि उनलाई आगोले समेत छुन सकेन। उनले आफ्नो सुचिताको प्रमाण दिइन्। श्रीमान् र देवरसँग १४ वर्ष वनमा बिताए पनि सीताले माता कैकयीप्रति कहिल्यै पनि कुनै प्रकारको वैमनस्यता राखिनन्। आदर्श नारीको पहिचान दिइरहिन्। यी गुण र विशेषताका कारण सीतालाई विश्वकै आदर्श नारी मानिन्छ। आदर्श–चरित्रकै कारण उनलाई उत्कृष्ट नारीको संज्ञा दिइन्छ। 

आधुनिक जनकपुर सहरको पहिचान पनि माता सीताकै नाममा अडिएको छ। त्यसैकारण, मिथिलाञ्चलमा उनलाई आदर्श बहिनीको दर्जाले सम्मान गरिन्छ। भगवान् रामलाई पहुना अर्थात् ज्वाईं। जनकपुर सीताको माइती र जनकपुरवासी उनका सन्तति भएको यहाँका साधु सन्तहरूको भनाइ छ। नारी शक्ति एवं महानताको इतिहासलाई जनकपुरवासीले अझै पनि जोगाइराखेका छन्। सीतालाई योद्धा, कुशल गृहणी, पतिव्रता पत्नी र ममतामयी माताका रूपमा लिने गरिन्छ। यसैले हरेक महिलाले सीतालाई अनुसरण गर्नुपर्ने जानकारहरूको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.