आयल निगमको पार्किङबाट ट्यांकरको ब्याट्री चोरी

आयल निगमको पार्किङबाट ट्यांकरको ब्याट्री चोरी
विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश कार्यालय। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरस्थित नेपाल आयल निगमबाट इन्धन भरिएको चारवटा ट्यांकरको ब्याट्री चोरी भएको छ। 

निगमको पार्किङस्थलबाट बिहीबार राति चारवटा ट्यांकरको आठ थान ब्याट्री चोरी भएको हो। 

विराटनगर-३ कञ्चनबारीस्थित कोशी राजमार्गको पूर्वपट्टि रहेको पार्किङस्थलबाट ब्याट्री चोरी भएको आयल निगमले जनाएको छ। निगमका अनुसार ट्यांकरको ब्याट्रीका साथै आगो निभाउने फायर बोतल पनि चोरी गरिएको छ। 

आयल निगमले मुख्य राजमार्गको पूर्वपट्टि जग्गा लिजमा लिएर ट्यांकरका लागि पार्किङस्थल निमार्ण गरेक छ। तर, बिहीबार अबेर राति सुरक्षा गार्ड नभएको मौका छोपेर ब्याट्री र फायर बोतल चोरी गरिएको देखिएको नेपाल आयल निगम विराटनगरका प्रमुख अशोक साहले बताए। 

उनले चोरी गरिएका सामानहरू ढुवानी व्यवसायी पूजा ठकुरीको ट्यांकरको रहेको जानकारी दिए। ‘राति ११ बजेपछि सुरक्षा गार्डहरू पार्किङमा बस्दैनन्। खाना खाएर सुत्न जान्छन,’ उनले भने, ‘कोही नभएको मौका छोपेर चोरी गरेका हुन्।’

चोरहरूले ना ७ ख ४६२९, ना ४ ख १९६०, ना ४ ख ३९३७ र को १ ख ६०५९ नम्बरको ट्यांकरका ब्याट्री र फायर बोतल चोरी गरिएको देखिएको आयल निगमले जनाएको छ। 

आयल निगमका अनुसार चोरीबाट करिब साढे ३ लाख बढीको क्षति भएको छ।  ब्याट्री र फायर बोतल चोरेर राजमार्ग उत्तर राजवंशी चोकतर्फ फरार भएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.