विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिकामा नगर बस सञ्चालनका लागि दोस्रो चरणको रुट परीक्षण गरिएको छ। 

बसको क्षमता र साइजबारे आवश्यक जानकारी लिन बिहीबार दोस्रो पटक रुट परीक्षण गरिएको हो। महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा कम्पनीकै गाडीमार्फत रुट परीक्षण गर्ने काम भएको हो। 

कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने विषय अध्ययनका लागि रुट परीक्षण गरिएको मेयर कोइरालाले बताए। 

सवारी चाप, जनघनत्व र घुम्ती तथा मोडहरूमा आइपर्ने समस्या लगायतका विषयमा जानकारी लिन पनि रुट परीक्षण गरिएको उनले जानकारी दिए।

यसअघि फाल्गुण १८ गते महानगरकी उप–प्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा दुईवटा बसबाट प्रारम्भिक चरणको रुट परीक्षण गरिएको थियो। 

करिब ३ महिनाभित्र नगर बस सञ्चालनमा ल्याउने तयारीसहित उप–प्रमुख कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले रुट परीक्षण गरेका थिए। छुटेका विषयहरू अध्ययनका लागि मेयर कोइरालाले दोस्रोपटक रुट परीक्षण गरेका हुन्।

केही महिनाभित्रै सञ्चालनमा आउन लागेको सिटी बसमा ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्त भएका व्यक्तिले निःशुल्क आवागमन गर्न पाउनेछन्। 

महानगरले बसमा महिला र विद्यार्थीलाई विशेष सहुलियत दिने व्यवस्था मिलाएको छ। अन्यलाई पनि न्यून सेवा शुल्क तिरेर बस चढ्न पाउने प्रबन्ध मिलाइएको महानगरले जनाएको छ। 

विराटनगरमा सिटी बस सञ्चालनका लागि महानगरले कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ। लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको महानगरका मेयर नागेश कोइरालाले अन्नपूर्णलाई बताए। प्रारम्भिक चरणमा १९ वटा बस सञ्चालनको तयारी रहेको उनले जानकारी दिए। 

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित सञ्चालनमा ल्याउन लागिएको नगर बसको खरिद प्रक्रिया समेत अघि बढिसकेको महानगरले जनाएको छ। महानगरका अनुसार अबको केही समयमै आवश्यक निर्णय लिएर बस सञ्चालन गरिनेछ। त्यसैका लागि बिहीबार दोस्रोपटक रुट परीक्षण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.