महानगरलाई संग्रहालय हस्तान्तरण

महानगरलाई संग्रहालय हस्तान्तरण
फाइल तस्बिर।
सुन्नुहोस्

भेडियारीमा भएका ऐतिहासिक सम्पदाको संरक्षण, सम्वद्र्धन र जगेर्नामा नवनिर्मित संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने महानगरका मेयर नागेश कोइरालाले बताए।

विराटनगर : मोरङको विराटनगर–१८ स्थित भेडियारीमा निर्माण सम्पन्न विराट राजा प्राचीन दरबार संग्रहालय विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाद्वारा निर्मित उक्त संग्रहालय महानगर तथा विराट राजा प्राचीन दरबार खोज तथा संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो। एक औपचारिक कार्र्यक्रमको आयोजना गर्दै सेनाले आइतबार संग्रहालय भवन हस्तान्तरण गरेको हो। 

कार्यक्रमबीच सेनाले नवनिर्मित संग्रहालय भवनको उद्घाटनसमेत गरेको छ। पूर्वीपृतना हेडक्वार्टरका पृतनापति उपरथी आशबहादुर तामाङ पीएचडीले भवनको उद्घाटन गरेका छन्। संग्रहालय सेनाको क्विक इम्प्याक्ट प्रोजेक्टअन्तर्गतको बजेटबाट निर्माण गरिएको हो। कुल १९ लाख ७५ हजार ६६३ रुपैयाँको लागतमा संग्रहालयको निर्माण सम्पन्न भएको सेनाले जनाएको छ। सेनाका अनुसार भवन निर्माण कार्य २०७९ कात्तिक २१ गतेबाट सुरु भएको थियो।

निर्माण सम्पन्न भएको संग्रहालयमा हाल विराट राजाको दरबारको पुरातात्विक महत्वका भग्नावशेषहरू सुरक्षित राखिएका छन्। उत्खननको क्रममा फेला परेका २४ सय वर्ष पुरानो मन्दिरको अवशेष पनि संग्रहालयमा अवलोकनका निम्त्ति राखिएको छ। उत्खननका क्रममा फेला परेर हाल संग्रहालयमा राखिएका मन्दिरका अवशेषहरू ईशापूर्व दोस्रो शताब्दीको रहेको बताइएको छ।

भेडियारीमा भएका ऐतिहासिक सम्पदाको संरक्षण, सम्वद्र्धन र जगेर्नामा नवनिर्मित संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने महानगरका मेयर नागेश कोइरालाले बताए। विराटनगरलाई धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संग्रहालयले विशेष सहयोग पु¥याउने उनले बताए ‘यस क्षेत्रको विकासमा महानगरको पनि विशेष चासो छ,’ उनले भने, ‘विराट राजा दरबार क्षेत्रको संरक्षण र घेरबारका लागि हामीले यसपटक १ करोड बजेट विनियोजन गरेका छौं।’

२०२७ सालमा सरकारको पुरातत्व विभागले यस क्षेत्रमा उत्खनन गरेको थियो। उत्खननका क्रममा विभागले ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटेको थियो। उक्त मुद्रालाई ईशापूर्व कालको अवशेष मानिएको थियो। त्यसबेला भेटिएका ती मुद्राहरू हाल सरकारको राष्ट्रिय संग्रहालयमा सुरक्षित छन्। साबिकको बुद्धनगर गाउँपालिका र हाल विराटनगर–१८ मा यसअघि पनि कयौंपटक पुरातात्विक महत्वका सामग्रीहरू फेला परेको विराट राजा खोज तथा संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले बताए। फेलापरेका कतिपय सामग्री राष्ट्रिय संग्रहालय र केही सामग्रीहरू हाल नवनिर्मित संंग्रहालयमा सुरक्षित राखिएको उनले बताए।  दरबार क्षेत्रलाई महानगरले लुम्बिनी मोडेलमा लाने परिकल्पना गरेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.