ठगी आरोपमा सहकारीका ३ पक्राउ

ठगी आरोपमा सहकारीका ३ पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : बचतकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले सहकारीका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयमा सोमबार उनीहरूलाई सार्वजनिक गरिइएको हो। उनीहरूमाथि म्याद थप गर्दै प्रारम्भिक चरणको अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए।

बचतकर्ताको रकम ठगी गरेको आरोपमा मोरङ प्रहरीले सहकारीका आठ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। हालसम्म १ सय २१ बचतकर्ताले सहकारीविरुद्ध मुद्दा दर्ता गराएका छन्। तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष अनिता गौतम, सचिव सबिना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवास पक्राउ परेका हुन्। फरार रहेका संस्थाका अन्य पाँच पदाधिकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

सहकारी संस्थाको नेपालभर कार्यक्षेत्र भई विराटनगर–२ स्थित मुनालपथमा मुख्य कार्र्यालय रहेको छ। उजुरी दिएका सदस्यको १२ करोड ९ लाख ४ हजार रुपैयाँ बचत रहेको छ। सहकारीको २१ हजार ७ सय १३ सदस्य रहेका छन्। जसमध्ये चार हजारभन्दा बढी सदस्य विराटनगरस्थित मुख्य कार्यालयसँग आबद्ध छन्। 

२०५२ चैत्र १३ गते सहकारी विभागमा दर्ता भएको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा समेत सेवा केन्द्र छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.