बाजुराको कोल्टीमा कर्फ्यु जारी

बाजुराको कोल्टीमा कर्फ्यु जारी
सुन्नुहोस्

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिकाको वडा १ र २ मा कर्फ्यु जारी गरिएको छ। स्ववियु निर्वाचनका क्रममा स्थिति तनावग्रस्त भएपछि रातिको समयमा थप घटना हुनसक्ने भन्दै कर्फ्यु जारी गरेको जिल्ला प्रहरी प्रमुख कबिन्द्रसिहं बोहराले बताएका छन्। 

बुढिनन्दा नगरपालिका वडा १ र २आइतबार राति ७ बजेदेखि सोमबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु जारफ भएको उनले बताए। चुनाव स्थगित भएलगत्तै नेविसंघका कार्यकर्ताले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन्। 

मूल ढोका पछाडिको सबै भाग तोडफोडले क्षति भएको छ। आक्रोशित भीडले तीन वटा मोटरसाइकलमा आगजनी प्रयास गरेको प्रहरीले जनाएको छ। 

दुई विद्यार्थी संगठनबीच झडप हुँदा प्रहरीले ३० बढी राउन्ड हवाइ फायर गरेको थियो। खुकुरी प्रदर्शन गरेको भन्दै झडप भएपछि प्रहरीले भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको थियो। त्यसअघि बुढीनन्दा क्याम्पसमा दुई घन्टा मतदान भएको थियो। त्यसपछि स्थगित भएको निर्वाचन पुनःसुरु हुन सकेको छैन। ४ सय १२ मतदाता रहेको सो क्याम्पसमा २ सय ५३ मत खसेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.