नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन योगदान गर्ने दुई क्रिकेटर सम्मानित

नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन योगदान गर्ने दुई क्रिकेटर सम्मानित
सुन्नुहोस्

विराटनगर : आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन योगदान गर्ने दुई क्रिकेटरलाई खेलकुद महासंघले सम्मान गरेको छ।

विराटनगरमा मंगलबार नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीले उनीहरूलाई सम्मान गरेको हो। 

सम्मानित हुनेमा क्रिकेटर ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेल रहेका छन्। उनीहरूलाई मंगलबार पत्रकार महासंघ मोरङमा एक कार्यक्रमको आयोजना गर्दै कदर पत्र र २५/२५ हजार रुपैयाँ राशीको नगद पुरस्कारसहित सम्मान गरिएको हो। 

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले उनीहरूलाई सम्मान–पत्र हस्तान्तरण गरे। सम्मानित भएका विराटनगरका ललित नेपाल राष्ट्रिय क्रिकेट टोली र दिपेश यू–१९ का सदस्य हुन्।

ललितलाई आइतबार सम्पन्न आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ बाट नेपाली क्रिकेट टोलीलाई ओडीआई वर्ल्डकपको क्वालिफायरमा पुर्‍याउन गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.