विराट गोल्डकप : आयोजक टिम विराटनगर सिटी फाइनलमा

विराट गोल्डकप : आयोजक टिम विराटनगर सिटी फाइनलमा
सुन्नुहोस्

विराटनगर : घरेलु टिम विराटनगर सिटी फुटबल क्लब (बिसिएफसी) ६१ वर्षको दौरानमा तेस्रो पटक विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित सहिद मैदानमा सोमबार भएको सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलान्तरले पराजित गर्दै बिसिएफसी उपाधि नजिक पुगेको हो। 

यसअघि २०१८ र २०१९ सालमा विराटनगरको आयोजक टिम फाइनलमा पुगेको थियो। यसपटक जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए। 

जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक रुपमा खेल पस्किएको थियो।

जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार गोल गर्ने अवसर पाउँदा पनि खेलाडीले सफलता हात पार्न सकेनन्। दोस्रो हाफपछि विराटनगरले अग्रता लिँदा जावलाखेललाई दबाब परेको थियो। 

५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिलाए। बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर फ्यालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो।

८७ औं मिनेटमा विराटनगर सिटी फुटलब क्लबका बिमल घर्ती मगरले निकालेको क्रस पासलाई वैकल्पिक खेलाडी अभिषेक गुरूङले गोलमा परिणत गरिदिएपछि टिम उपाधि नजिक पुगेको हो। ६१ औं मिनेटमा आफाजको ठाउँमा गुरुङ मैदान प्रवेश गरेका थिए। 

९ औं मिनेटमा विराटनगर सिटीका बिमल घर्तीमगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट रुपमा बचाए। १७ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानमा गोल गर्नबाट चुके। उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिए। 

त्यसलगत्तै एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए। २७ औं मिनेटमा बिमलले निकालेको क्रस पासलाई डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोलमा परिणत गर्नबाट चुके। 

५३ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले विफल बनाइदिए। ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरिदा थप गोल गर्ने अवसर खेर गयो। 

खेलको अत्यतिर ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरिदा गोल गर्ने अवसर चुक्यो। त्यस लगत्तै सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले विफल पारिदिए। 

खेलको अत्यतिर जावलाखेल सम्हालिन नसक्दा थप गोल खाएको थियो। दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए।

म्यान अफ म्याच विराटनगर सिटी फुटबल क्लबका स्टेफन ब्याङगनल घोषित भए। उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए। जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरूको मिहिनेतको कारणले जित हाँसिल गरेको बताए। 

पहिलो हाफसम्म खेलाडीहरूले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको उनले जिकिर गरे। उता जावलाखेलको प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार व्यहोर्नुपरेको स्वीकार गरे।

मंगलबारको अन्तिम सेमिफाइनल खेल पाहुना टोली भारतस्थित केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम सशस्त्र प्रहरी बलबिच (एपिएफ) बीच हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.