किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन पहल

किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन पहल
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। 

मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई वसन्त कुशवाहाले किसानका लागि सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउने बताए।

देशमा दिनानुदिन मिटर ब्याजीको समस्या दिनानुदिन विकराल हुँदै गएको र मिटर ब्याजीबाट सबैभन्दा बढी पीडित किसान भएकोले राहतका लागि सस्तो र सुलभ रुपमा ऋण उपलब्ध गराउन लागिएको अन्नपूर्णलाई जानकारी दिए। 

उनले भने, ‘मधेस प्रदेशको अधिकांश जनता कृषि निर्भर रहेकाले उनीहरूको समस्या सम्बोधनका लागि तथा किसान कार्यका लागि काठमाण्डौंका बैंक व्यवस्थापन पक्षसँग साकारात्मक छलफल भएको छ। बैंकको तर्फबाट पनि सहुलियत दरमा ऋण उपलब्ध गराउन साकारात्मक कुराकानी भएको छ।’

उनले भूमिहीन किसान देखि निम्न वर्गीय, साना देखि ठुला किसानको कृषि कार्य तथा खाद्य उपजबाट सञ्चालन हुने उद्योग, कृषि, उपजको बजारीकरण र बिउ विजनको खरिद बिक्रीका लागि ऋण उपलब्ध गराउन लागिएको हो। 

ऋणको सही सदुपयोगका लागि कृषि सेवा केन्द्र, कृषि विज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा कल सेन्टर समेत सञ्चालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने मन्त्री कुशवाहाको भनाइ छ।

उनले भने, ‘कृषकको हरेक समस्या समाधानका लागि मन्त्रालयले पहल गर्छ। खाद्य मलदेखि बिउ बिजन तथा खाद्य उत्पादनलाई उद्योगमा परिणत गर्नेसम्मको सहयोग किसानलाई मन्त्रालयले गर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.