विराट गोल्डकप : एपीएफलाई हराउँदै भारतको लुका सकर क्लब फाइनलमा

विराट गोल्डकप : एपीएफलाई हराउँदै भारतको लुका सकर क्लब फाइनलमा
विराटनगरस्थित सहिद रङ्गशालामा मङ्गलबार सम्पन्न लुका सकर क्लब र एपीएफबिचको अन्तिम सेमिफाइनल खेल। तस्बिर : राकेश कर्ण।
सुन्नुहोस्

विराटनगर : पाहुना टोली भारतको लुका सकर क्लब केरला विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित सहिद रङ्गशालामा मङ्गलबार सम्पन्न अन्तिम सेमिफाइनलमा विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलान्तरले पराजित गर्दै लुका सकर उपाधि नजिक पुगेको हो। 

एपीएफ साविकको विजेता टोली पनि हो। जितसँगै उपाधीको लागि भारतको लुका सकरले आयोजक टिम विराटनगर सिटी फुटबल क्लब (बिसीएफसी) सँग प्रतिस्पर्धा गर्नेछ। घरेलु टिम बिसिएफसीसँगको फाईनल खेल बिहीबार हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार क्वाटरफाइनल खेलमा केरलाले संकटा क्लबलाई सडनडेथमा ८–७ गोलान्तरले पछ्याउँदै अन्तिम चारको यात्रा तय गरेको थियो। विराटनगर सिटी फुटबल क्लबले भने जावलाखेललाई २–१ गोलले हराउँदै फाईनलको यात्रा निर्धारण गरेको थियो।

सहिद रङ्गशालामा मङ्गलबार सम्पन्न अन्तिम सेमिफाइनलमा भने जितका लागि भारतको तर्फबाट चाल्र्स, रफी, अर्सद र पलले गोल गरेका थिए। भारतका क्यामुद्धिनको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटेले बचाएका थिए।

एपीएफको तर्फबाट विसाल स्याङतेन र गोलकिपर राजु नगरकोटेले गोल गर्न चुक्दा डिफेन्डर च्याम्पियन एपीएफ सेमिफाईनलबाट घर फर्किन बाध्यो भयो। विसालको प्रहार भारतका गोलकिपरले उत्कृष्ट रुपमा बचाएका थिए। गोलकिपर राजुको प्रहार पोस्टमा लागेर फर्किएको थियो। एपीएफको तर्फबाट भने दिपेश धिमाल र सविन गुरूङले मात्र गोल गरेका थिए।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिम गोलरहित बराबरीमा भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको थियो। एपीएफ र भारत दुवै टिमले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यो गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको खेल गोलरहित बराबरीमा पुग्यो। पाएको गोल गर्ने सुन्दर अवसर पनि खेर फाल्दा एपीएफले सातौं संस्करणको उपाधि चुम्न पाएन्।

प्रतियोगिताको म्यान अफ द म्याच भारतका गोलकिपर मोहम्मद सरफिर घोषित भए। उनले नगद रु. ११ हजार पाए।
जितपछि प्रतिक्रिया दिँदै भारतका प्रशिक्षक न्याभ्सले खेलाडीहरुले राम्रो प्रर्दशन गरेको कारणले जित हाँसिल गरेको बताए। उनले भने, ‘यो हाम्रो अन्तराष्ट्रिय प्रतियोगिता हो। खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दा हामी उपाधि नजिक पुगेका हौं।’

यता एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने राष्ट्रिय खेलाडीको अभाव र केही खेलाडीहरु घाइते भएको कारणले खेललाई आफ्नो पक्षमा पार्न नसकिएको बताए। उनले सेकेण्ड हाफपछि परिवर्तन गरिएको रणनीतिले पनि केही समस्या उत्पन्न भएको जिकिर गरे। पाएको अवसर पनि सदुपयोग गर्न नसक्दा चुकेको उनले जानकारी दिए।

अब बिहीबारको फाईनल खेल लुका सकर क्लब केरला र विराटनगर सिटी फुटलब क्लबबिच हुनेछ। बुधबार भने विराट गोल्डकप ट्रष्ट र आयोजक टिमबिच मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। विराट गोल्डकप–२०७९ को विजेताले भने नगद रु. २० लाख १५ हजार र उप–विजेताले रु. १० लाख १५ हजार पाउने जनाईएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.