मिटरब्याज पीडित र सरकारबीच वार्ता जारी, सडकमा निरन्तर प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता जारी, सडकमा निरन्तर प्रदर्शन
तस्बिर : राजकरण महतो

काठमाडौं : मिटरब्याज पीडितहरूको माग सम्बोधनका लागि सिंहदरबारमा वार्ता सुरु भएको छ। मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज कुमार पासमानले सरकारी वार्ता टोलीकी संयोजक सहसचिव रुद्रादेवी शर्मा १० बुँदे मागपत्र बुझाएका छन्। सिंहदबारमा सम्पन्न भएको पहिलो चरणको वार्ता सकारात्मक भएको संयोजक पासमानले बताएका छन्। दोस्रो चरणको वाता ६ बजे बस्ने छ।

पीडितहरूले मिटरब्याज पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोगको गठन गर्नु सरकारसँग माग राखेका छन्। तमसुक व्यवस्था खारिज गर्नुपर्ने, मिटरब्याज पीडतहरूको पक्षमा कानुन निर्माण गर्नुपर्ने, सुदखोरहरूको सम्पत्ति छानविन गर्नुपर्ने माग पीडितहरूले सरकार समक्ष राखेका छन्। 

null

साहुकारले हडपेको जग्गा पीडितलाई फिर्ता गर्नुपर्ने, पीडक साहुकारमाथि सहज ढंगले मुद्दा दर्ता गर्नु पर्ने, अदालतले पीडितहरूलाई जारी गरेको पक्राउ पूर्जी सरकारले समस्याको छानविन नगरेसम्म कार्यान्वयन रोक्नुपर्ने माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ।

नक्कली तमसुकको आधारमा जेल चलाउन भएका पीडितहरूलाई क्षतिपूर्तिसहित ससम्मान रिहा गर्नुपर्ने, बैंकबाट ऋण सहज र सरल व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ। 

null

कानुन निर्माण गरी राजपत्रमा प्रकाशित नगरेसम्म र अधिकार सम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी संघर्ष समितिका अध्यक्ष पासमानले बताए। पीडितहरूले आज दिनभरि बानेश्वरको सकडमा धार्ना बसेर नाराजुलुस गर्दै आन्दोलनको निरन्तरता दिएका छन्। न्याय प्राप्तिका लागि मिटरब्याज पीडितहरू चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल हिँडेर  काठमाडौं आएर निरन्तर आन्दोलन गरिरहेका छन्।  

null

null

null

null

null

null

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.