पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित
सुन्नुहोस्

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न आङ्गिक क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेका ६ हजार ५१३ जना विद्यार्थीहरू दीक्षित भएका छन्।

उच्च शिक्षातर्फ एमफिल, स्नातकोत्तर र स्नातक तहमा उत्तीर्ण भएका विद्यार्थीहरू दीक्षित भएका हुन्। मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आइतबार आयोजित ११ औं दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो। 

दीक्षित हुनेमा स्नातक र स्नातकोत्तर तह अन्तर्गत कला संकायतर्फका १३५, कानून संकायतर्फका ३०६, शिक्षाशास्त्रका ५०२, व्यवस्थापनका १ हजार ८६२, चिकित्साशास्त्रका २ हजार ३२४ र विज्ञान तथा प्रविधि संकायका १ हजार ३८४ जना विद्यार्थीहरू रहेका छन्। दीक्षित हुने विद्यार्थीहरूमा व्यवस्थापनतर्फ एमफिल उत्तीर्ण गर्ने ६ जना छन्।

२०७८ पौष १७ देखि ०७९ पौष १६ सम्म शैक्षिक प्रमाण–पत्र (ट्रान्सक्रिप्ट) प्राप्त गरेर दीक्षान्त समारोहको ग्रेसलिष्टमा नाम समावेश भएका विद्यार्थीहरूलाई आइतबार दीक्षित गरिएको पूर्वाञ्चल विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा १२ जना विद्यार्थीहरूले स्वर्ण पदक प्राप्त गरेका छन्। जसमा दुई जनाले २०७८ र बाँकीले २०७९ मा शैक्षिक प्रमाण–पत्र लिएका छन्। 

डा. दुवासु क्षेत्री र हिमदेवी सिटौलासहित विभिन्न संकाय तथा विश्वविद्यालय टप गर्ने दीक्षा रेग्मी, दिनेश सखकर्मी, कविता डंगोल, लरिसा महर्जन, सुनयना श्रेष्ठ, अजय विश्वकर्मा, पवित्रा भण्डारी, नेदिना पराजुली, लक्ष्मीप्रसाद उपाध्याय र सन्तोष गिरीले स्वर्ण पदक प्राप्त गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवराज कोइरालाले बताए। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उनीहरूलाई शैक्षिक उपाधि प्रदान गरेको उनले जानकारी दिए।

उपाधि वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारको बाटोमा रहेको बताए। उनले देशको सर्वाङ्गिक विकासका लागि दक्ष जनशक्तिको मागलाई परिपुर्ति गर्न पूर्वाञ्चल विश्वविद्यालयको योगदान अतुलनीय रहेको जिकिर गरे। 

विश्वबजारमा प्रतिस्पर्धाका लागि आत्मनिर्भर र व्यावसायिक बन्न सघाउ पुर्‍याउने विश्वविद्यालयको लक्ष्य रहेको उनले जानकारी दिए। ‘जनताको जीवनस्तर उकास्ने र हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति हामी उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘अब हामीले दिगो विकास, वातावरण संरक्षण र नवप्रवर्तन जस्ता बिषयमा ध्यान दिनुपर्ने बेला आएको छ।’

प्रधानमन्त्री प्रचण्डले चिकित्सकीय दक्ष जनशक्ति उत्पादनका लागि गोठगाउँस्थित विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको तयारी समेत धमाधम भईरहेको बताए। सरकारले मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति समेत प्रदान गरिसकेको उनले स्पष्ट पारे।

सरकारले भने गत माघमा नै गोठगाउँस्थित पूविमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्रयोगात्मक गर्न विराटनगरस्थित कोशी अस्पताललाई प्रयोग गर्न दिईने दुई संस्थाबिचको सहमतिलाई स्वीकृति प्रदान गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.