बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु,११ घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु,११ घाइते
दुर्घटनामा परेको जीप। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बैतडी : बैतडीमा जीप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।  पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटा भन्ने स्थानमा सोमबार बिहान ११ बजेति गणमेश्वरबाट देहिमाण्डौंतर्फ  गइरहेको से १ ज २९५ नं को जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् । जीपमा सवार १२ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ११ जना घाइते भएका छन् । 

उनीहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोली समेत घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । 

जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.