कारबाही गर्ने पार्टीको तयारी
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले २ करोड घुस मागेको अडियो सार्वजनिक
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने भएको छ। व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएको भन्दै श्रेष्ठलाई पार्टीबाट निस्कासन गर्ने तयारी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले अन्नपूर्णलाई जानकारी दिए।
उनले भने, ' यो विषयमा हामीले जानकारी पायौं । थप अनुसन्धानपश्चात हामी आवश्यक कारबाही गर्छौं।'
सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनपर्ने भन्दै प्रसाईसँग घुस मागेको विषय बाहिर आएपछि रास्वपाले यस्तो कदम चालेको हो । पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईसँग २ करोड रुपैयाँ सहयोग मागेको विषय सार्वजनिक भएको छ।
प्रतिक्रिया दिनुहोस !