अडियो प्रकरणबारे सांसद ढाकाकुमारसँग बयान लिँदै रास्वपा

अडियो प्रकरणबारे सांसद ढाकाकुमारसँग बयान लिँदै रास्वपा
सुन्नुहोस्

श्रेष्ठले घुस मागेको अडियो प्रकरणबारे बयान लिन पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ४ बजे बोलाइएको अनुशासन आयोगका संयोजक भरतमणी देवकोटाले जानकारी दिए।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ। श्रेष्ठले घुस मागेको अडियो प्रकरणबारे बयान लिन पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ४ बजे बोलाइएको अनुशासन आयोगका संयोजक भरतमणी देवकोटाले जानकारी दिए। 

आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो। श्रेष्ठले सोमबार लिखित स्पष्टीकरण बुझाइसकेकाले आज भेटेर सोधपुछ गर्न लागिएको देवकोटाले बताए।

उनीसँग छलफलपश्चात आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्ने अनुशासन आयोगका संयोजक देवकोटा बताए। श्रेष्ठलाई कारबाहि गर्ने/ नगर्ने निर्णय भने केन्द्रीय समितिले गर्ने उनले बताए।null

स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ। रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । 

सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न व्यापारी प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको हो। अडियो सार्वजनिक भएपछि रास्वपाको चर्को आलोचना हुन थालेको छ।

यता साथी किसान सहकारी संस्थामा आफू अध्यक्ष हुँदा झन्डै १ करोड रकम हिनामिना गरेको आरोप श्रेष्ठलाई लागेको छ। पदबाट हट्दै गर्दा डा. श्रेष्ठले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएकोसमेत आरोप छ। 

रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका डा. श्रेष्ठ पोखरा २४ कास्कीकोटका बासिन्दा हुन्। उनको पोखरा पृथ्वीचोकमा शुभबिहानी क्लिनिक छ। उनी यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि कार्यरत थिए। उनी विभिन्न पेसा व्यवसायमा आबद्ध छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.