रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक, ढाका कुमार श्रेष्ठबारे निर्णय गर्ने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक भोलि (बुधबार) बिहान ९ बजेका लागि बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
रास्वपाका सांसद ढाकुमार श्रेष्ठ अडियो प्रकरणमा मुछिएपछि रास्वपाले आकस्मिक बैठक डाकेको हो। बैठकले श्रेष्ठलाई कारबाही गर्ने नगर्ने विषयमा निर्णय गर्नेछ।
व्यवसायी दुर्गा प्रसाइँसँग मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले श्रेष्ठले पेस उक्त विषयको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमाथि छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रवक्ता ढकालको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !