ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त, सभामुख घिमिरेले संसदलाई जानकारी दिँदै

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त, सभामुख घिमिरेले संसदलाई जानकारी दिँदै
फाइल तस्बिर।

रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो।

काठमाडौं :  ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी बैठकलाई दिने कार्यसूची छ।

रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो। श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णयसहित संसद सचिवालयमा पत्र पठाइएको थियो। 

कार्यसूचीमा भनिएको छ, 'सम्माननीय सभामुखले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनको लागि दफा ३५ (१) बमोजिम सभाको बैठकलाई जानकारी गराउनु हुने।' 

श्रेष्ठको स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले बिन्दाबासिणी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरिसकेको छ।

बैठक लाइभ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.