झापामा विदेशबाट फर्किएका ६ जनामा औलो रोगको संक्रमण

झापामा विदेशबाट फर्किएका ६ जनामा औलो रोगको संक्रमण

झापा : झापामा औलो रोगको संक्रमण देखा परेको छ। छिमेकी मुलुक भारत र तेस्रो मूलकबाट आएका ६ जनामा औलो रोगको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। 

जिल्लाको मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकामा दुई-दुई जना, बुद्धशान्ति गाउँपालिका र दमक नगरपालिकामा एक-एक जना औलो रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए। 

केही दिनअघि मात्र युगान्डाबाट फर्केका बुद्धशान्ति-२ स्थित जयपुर निवासी ३० वर्षीय पुरुषमा औलो रोगको संक्रमण पुष्टि भएको थियो। वैशाख ७ गते बिर्तासिटी हस्पिटल बिर्तामोडमा परीक्षण गराउँदा उनलाई औलो पुष्टि भएको थियो। 

उनी २०२२ फेब्रुअरी १३ मा युगान्डा गएका थिए भने २०२३ अप्रिल ५ मा नेपाल फर्केका थिए। त्यस्तै सुडान, भारतको दिल्ली, तेलिभिट्टा बिहार, किसनगञ्ज बिहार र मुम्बई महाराष्ट्रबाट फर्केका ५ जनालाई औलो संक्रमण देखिएको उनले बताए। 

उनीहरू मेचीनगर, कचनकवल र दमकका हुन्।  चालु आर्थिक वर्षको साउनयता ६ जना संक्रमित भेटिएको उनको भनाइ छ। 

यसबाट झापामा औलो रोगको प्रकोप बढेको देखिएको छ। औलो रोगको निदान तथा उपचारका लागि सरकारी स्वास्थ्य संस्थाहरूमा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध रहेको छ। 

हरेक औलो बिरामी तथा जोखिम क्षेत्रको १, ३, ७ पद्धति अनुसार खोजपड्ताल गर्ने, जोखिम क्षेत्रहरूमा नियमित रुपमा औलो बिरामीको सक्रिय खोजपड्ताल गर्ने गरिएको उनले बताए। 

उनका अनुसार औलो रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यकता अनुसार कीटनाशक विषादी छर्ने गरिएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा कोसी प्रदेशका ७ सहित नेपालभर ४९१ जना औलो रोगी फेला परेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.