पुतलीबजार मेयरकपको उपाधि महिलातर्फ १३ र पुरुषतर्फ ७ वडालाई

पुतलीबजार मेयरकपको उपाधि महिलातर्फ १३ र पुरुषतर्फ ७ वडालाई
महिलातर्फको उपाधी जित्ने खेलाडीहरू सामूहिक तस्बिर खिचाउँदैछ। तस्बिर : अन्नपूर्ण

स्याङ्जा : पुतलीबजार नगरपालिकाद्वारा सञ्‍चालित मेयर कप भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ वडा न.७ र महिलातर्फ वडा १३ ले हात पारेको छ। वडास्तरीय प्रतियोगितामा १३ वटा वडाबाट प्रतियोगितामा सहभागी थिए। 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित बुधबारदेखि पुतली बजारनगरपालिका १ मालेबगर मैदानमा सञ्चालित वडास्तरीय मेयरकप प्रतियोगितामा पुरुषतर्फ वडा १२ दोस्रो र वडा ६ तेस्रो भएका छन्। 

यसैगरी,महिला दोस्रोमा १० र तेस्रोमा वडा नं. १२ भए। भलिबल प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ४ समूह सहभागी थिए। 

प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय हुने समूहले क्रमश : ५० हजार,३० हजार,१० हजार नगदसहित ट्रफी र मेडलबाट पुरस्कृत भएका छन्।

यसैगरी प्रतियोगितामा  महिलातर्फ बेस्ट सर्भर निशा मास्की, बेस्ट ब्लकर पूर्णना शाही, बेस्ट स्पाइकर सन्देशा गुरुङ,बेस्ट डिफेन्डर सौमाया गुरुङ्, बेस्ट सेटर अञ्जली विक, बेस्ट प्लेयर बुनु आले, बेस्ट कोच रामु शाह भए।

पुरुषतर्फका बेस्ट सर्भर सन्दीप ठकुरी, बेस्ट ब्लकर लेसन गुरुङ, बेस्ट स्पाइकर दर्शन गुरुङ,बेस्ट डिफेन्डर प्रदीप गुरुङ, बेस्ट सेटर विवश खड्का, बेस्ट प्लेयर सन्जुबिक्रम शाह, बेस्ट कोच रामकाजी राना भए।

विजयी प्रतियोगिलाई पुरस्कार प्रदान गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले खेलाडीको मनोवल उच्च बनाउनेगरी खेलकूदका क्रियाकलापलाई अघि बढाउने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.