संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने रास्वपाको निर्णय

संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने रास्वपाको निर्णय
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन  गर्ने निर्णय गरेको छ। रास्वपाको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।

संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ ।  

नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका  थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो । लामिछाने चितवन–२ बाट  उपनिर्वाचनमा पुननिर्वाचित भएपछि अर्यालले संसद दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.