इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी
काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका इन्द्रजित राईका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न रहेको आरोपमा राईका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले निरजविरुद्ध पक्राउ पुर्जी जारी भएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने,'सोही घटनामा राईका छोरा निरजको पनि संलग्नता देखिएकाले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।'
उनका अनुसार निरज फरार छन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार राईलाई आज बिहान पक्राउ गरेको हो।
यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल,टंककुमार गुरूङ,सानु भट्टराई र सागर राईलाई पक्राउ गरिसकेको छ। ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
