भुटानी शरणार्थी प्रकरणमा हाम्रो संलग्‍नता छैन : टोपबहादुर रायमाझी


अर्घाखाँची : प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

अर्घाखाँचीको सन्धीखर्कमा पत्रकासँग संक्षिप्त कुराकानी गर्दै रायमाझीले भने,‘फसाउन खोजिएको हो कि के हो? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन । ’ उनले आफू भुटानी शरणार्थीहरूको दिर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी  जारी भएको छ । जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । रायमाझी गत मंसिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी यसअघि उपप्रधान तथा ऊर्जामन्त्री,भौतिक पूर्वाधारमन्त्री,स्थानीय विकासमन्त्री र शान्तिमन्त्री भएका थिए ।

रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका बाबु– छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको अन्नपूर्णलाई जानकारी दिए । सोही घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। यसअघि मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रक्राउ परेका थिए । राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर,उनी फरार छन् ।

नक्कली भुटानी  शरणार्थी प्रकरणमा राईका बाबु छोरा र रायमाझीका बाबु छोराको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले सन्दीपको नाममा काटिएको डेढ करोडको चेक पनि प्रमाणको रुपमा फेला पारेको उच्च स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव  टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। यसअघि मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रक्राउ परेका थिए । राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर,उनी फरार छन्। 

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ। भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुईजनाको उजुरी परिसरमा दर्ता भएको छ उजुरीका आधारमा हालसम्म ७ जना प्रक्राउ परेका छन्।

सोही घटनामा रायमाझीका सहयोगी सानु भण्डारी , कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल,सागर थुलुङ,टंक गुरुङ र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन् । संगठीत अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.