नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज
काठमाडौं : नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुने भएको छ। मन्त्रीहरूको शपथ दिउँसो ३ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका छन्।
उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउन लागेका हुन्।
नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।
प्रतिक्रिया दिनुहोस !
३