भुटानी शरणार्थी प्रकरणका दोषी बचाउन जस्तोसुकै दबाब आएपनि सरकार झुक्नु हुँदैन : माधव नेपाल

भुटानी शरणार्थी प्रकरणका दोषी बचाउन जस्तोसुकै दबाब आएपनि सरकार झुक्नु हुँदैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने भन्दै सरकारपछि हट्न नहुने बताए । उनले दोषीलाई बचाउन आउने जस्तोसुकै उच्च दबाब सामू कुनै पनि हालतमा सरकार झुक्न नहुने जिकिर गरे।

त्यस्तै, अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भइसकेकाले र साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । उनले कोशी नामाकरण कुनै धर्म र संस्कृतिसँग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महशुस गरेर अघि बढ्नुपर्ने बताए।

अध्यक्ष नेपालले कोशी प्रदेशका सबै जातजाति,भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महशुस नहुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.