संसदमा रास्वपाको संकल्प प्रस्ताव : भ्रष्टचारीलाई राष्ट्रद्रोहीको मुद्दा लगाऔं
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएको छ।
देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमाना श्रेष्ठलेर संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएकी हुन्।
मुख्यतः भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासको बाधक भ्रष्टाचार रहेको भन्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गराएको हो।
संकल्प प्रस्तावमा भनिएको छ, 'नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गृह मन्त्रालय समेतका उच्च पदस्थ कर्मचारी र पदाधिकारीले घुस लिएको, सचिव र मन्त्री पदको दुरुपयोग गरेको लगायतका प्रकरणमा रहेका अपराधहरूमा कुनै कसुर बाँकी नराखी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न नेपाल सरकारलाई निर्देशन दिनू।'
प्रतिक्रिया दिनुहोस !