प्रहरीले सरकारी वकिललाई बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन

प्रहरीले सरकारी वकिललाई बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिवेदनको फाइल प्रहरीले सरकारी वकील कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकील कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

चैत १२ देखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो । अहिलेसम्म प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पक्राउ गरिसकेको छ । यो घटनामा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीको छ ।

सरकारी वकिल कार्यालयका अनुसार पक्राउ परेकाहरुलाई ठगी र संगठित अपराध, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.