अन्तरपालिका स्तरीय हाजिरी जवाफमा आँधीखोला प्रथम

अन्तरपालिका स्तरीय हाजिरी जवाफमा आँधीखोला प्रथम
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : गणतन्त्र स्थापना दिवसको अवसर पारेर पुतलीबजारमा आयोजित अन्तरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा आँधीखोला गाउँपालिकाका विद्यार्थी प्रथम भएका छन्। कालीगण्डकी गाउँपालिकाका द्वितीय, भीरकोट नगरपालिकाका तृतीय र अर्जुनचौपारी गाउँपालिकाका सान्तवना भएका छन्। 

पुतलीबजार नगरपालिकाको समन्वय तथा सामाजिक विकास कार्यालय र जिल्ला बाल क्लब स्याङ्जाको आयोजनामा माध्यमिक तह अन्र्तगत अन्तरपालिका स्तरीय प्रतियोगिता गरिएको हो।

सामान्य ज्ञान, श्रव्यदृश्य, श्रव्य र दृश्य गरेर ४ विधिबाट सोधिएका ५० वटा प्रश्नहरुका जवाफ दिँदै आँधीखोला र कालीगण्डकी गाउँपालिकाका विद्यार्थी २९/२९ अंक ल्याई प्रथम/प्रथम भए।

यसैगरी, भीरकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाले द्वितीय स्थान पाएपछि फेरि दोस्रो चरणमा सोधिएको एक प्रश्नले आँधीखोलालाई प्रथम र कालीगण्डकीलाई द्वितिय स्थान बनायो। 

भीरकोट र अर्जुनचौपारीले भने फेरि पनि बराबर अंक ल्याएपछि चिट्टामार्फत तृतीय र सान्वना पाएका थिए। प्रथम हुने समूहले १० हजार,द्वितिय हुनेले ७ हजार, तृतीय हुनेले ५ हजार र सान्तवना हुनेले ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको सामाजिक विकास कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए। 

विद्यार्थीलाई पुरस्कार एवं प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले कितावी पठनपाठनसँगै गरिएका यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई अध्ययनका लागि परिश्रमी बनाउने बताए। 

प्रतियोगितामा हारजित हुने भएकाले यसलाई स्वीकार गर्दै आगामी दिनमा अझ राम्रो गरेर अघि बढ्न सुझाव दिए। नगरप्रमुख तुलसीराम रेग्मीले आउँदा दिनमा पनि बालबालिका लक्षित यस्ता ज्ञानवद्र्धक विविध कार्यक्रम संचालन गरिने बताए। 

प्रतियोगितामा फेदिखोला गाउँपालिका बाहेक अन्य १० वटै पालिकाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत बालबालिकाको सहभागी थिए। एउटा समूहमा छात्र छात्रागरी ३ जना थिए। 

प्रथम हुने समूह आँधीखोला गाउँपालिकाका विद्यार्थीलाई पुरस्कृत गर्दे नगरप्रमुख तुलसीराम रेग्मीलगायत। तस्बिर : भवानी अधिकारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.