रास्वपाका सांसद्ले प्रधानमन्त्री प्रचण्डलाई ‘भैंसी चढेर आएको’ भनेपछि संसदमा हंगामा

रास्वपाका सांसद्ले प्रधानमन्त्री प्रचण्डलाई ‘भैंसी चढेर आएको’ भनेपछि संसदमा हंगामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भैंसी चढेर आएको भनेपछि संसद्मा हंगामा भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जवाफ दिइसकेपछि प्रश्नोत्तरका क्रममा रास्वपा सांसद् खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरुले आपत्ति जनाएका हुन् । खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए भन्ने अभिव्यक्ति दिएका थिए ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए।  प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए। लगत्तै रास्वपाका सभापति रवी लामिछानेले प्रधानमन्त्री प्रचण्ड स्वयमले भैंसी चढेर आएको भनेर भनेको बताए।

सो शब्दलाई लिएर सत्तापक्षका सांसद्हरुले आपत्ति जनाएपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। पुन विपक्षी सांसदले पनि प्रधानमन्त्रीलेसमेत भैंसी चढेर आएको शब्द बोलेको हटाउनुपर्ने माग गरेका थिए। त्यसपश्चात सभामुखले प्रचण्डले बोलेको 'भैंसी चढेर' आएको भन्ने शब्दसमेत हटाउन निर्देशन दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.