नविन र विवेकलाई प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि

नविन र विवेकलाई प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि
सुन्नुहोस्

ताप्लेजुङ : तेस्रो मेयर कप तथा प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत मेन्स डबल तर्फको उपाधि विवेक कन्दंवा र नविन सिलवालले जितेका छन्। 

प्रदेश स्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो बने। यता भेट्रान्स डबलतर्फ दिपक आङ्देम्बे र गणेश राई प्रथम भएका छन् भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वित्तीय भएका छन्। 

यता मिक्स डबल्स जुनियर तर्फ जिल्ला स्तरीय प्रतियोगितामा आईद्रेश लिम्बू र भुपेन्द्र लिम्बू प्रथम भएका छन्। यस्तै दक्ष लिम्बू र बसन्त तामाङ दोस्रो बनेका छन्। 

यस्तै कर्मचारी तर्फको जिल्ला स्तरीय प्रतिस्पर्धामा लक्ष्मण घतानी र खेगेन गुरुङ प्रहिलो र शिवकुमार काम्बाङ र केशब पौडेल दोस्रो भएका छन्। यस्तै मिक्स डबल तर्फ शिवकुमार मगर र सरुना गुरुङ प्रथम हुँदा आईद्रेश लिम्बू र रेसिका गुरुङ दोस्रो बने।

प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ प्रथम हुनेले नगद ३० हजार र द्वित्तीय हुनेले नगद २० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिङ्घकले जानकारी दिए। 

मिक्स डबल्सतर्फ प्रथम हुनेले नगद १५ हजार र द्वित्तीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै मेन्स डबल्स (जुनियर) तर्फ प्रथम हुनेले नगद २० हजार र द्वित्तीय हुनेले नगद १५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।

यस्तै कर्मचारी डबलस्तर्फ प्रथम हुनेले नगद १५ हजार रुपैयाँ पाउँदा द्वित्तीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। यता प्रदेश स्तरीय हुने भेट्रान्स डबल्सतर्फ प्रथम हुनेले नगद २५ हजार र द्वित्तीय हुनेले १५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.