राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी
तस्बिर : दीपक बोहोरा
सुन्नुहोस्

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद रहेको छ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ। पार्टी स्थापना दिवस र ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्तावेजबारे छलफल गर्न सोमबार बिहान बैठक बसेको हो। 

null

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको राजनीतिक दस्तावेज/ ​​​​​​​सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद रहेको छ। उक्त विषयमा आजको बैठकमा छलफल भइरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। 

रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिनको बारेमा छलफल हुनेछ । असार ७ गते साँझ ७ बजे सातै प्रदेशका ७७ जिल्लामा एक साथ ७७ पटक घन्टी बजाएर यात्रामा ऐक्यबद्धता जनाउन सभापति रवि लामिछानेले कार्यकर्तालई निर्देशन दिइसकेका छन्।

रास्वपाले स्थापना दिन पार्टी कार्यालय बालाजुमा सार्ने तयारी समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.