ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई

ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई
सुन्नुहोस्

पोखरा : ड्रागन बोट रेस प्रतिस्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिमले उपाधि जितेको छ। शनिबार पोखराको फेवातालमा सम्पन्न २ सय र ५ सय मिटर दुवै तर्फको उपाधि सिचुवान टिमले हात पारेको हो। 

उपाधि जितेको सिचुवान टिमले २ सय र ५ सय मिटर दुवै विधामा प्रथम हुँदै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ जितेको छ। प्रतियोगितामा सहभागी ८ वटै टिमलाई एक एक लाख रुपैयाँ पनि दिइएको थियो। 

प्रतियोगितामा नेपाली टिमले पहिलो सहभागितामै दोस्रो उपाधि जितेको छ। ४ नेपाली टिम सहभागी प्रतिस्पर्धामा नेपालको नारा ड्रागन बोट टिम २ सय र ५ सय मिटिर दुवै विधामा दोस्रो हुँदै ३ लाख ५० हजार नेपाली रुपैयाँका दरले ७ लाख र सहभागी टिमलाई दिइने १ लाखसहित ८ लाख हात पारेको छ। 

दक्षिण एशियामै पहिलो पटक नेपालको पोखरामा भएको चीनको २ हजार वर्ष पुरानो पर्व अन्तर्गतका ड्रागन बोट रेसमा चीनको युनान ड्रागन बोट टिमले दुवै विधामा तेस्रो हुँदै २ लाखका दरले ४ लाख नेपाली रुपैयाँ जितेको छ। प्रतियोगितामा नेपाल टिम एनआरसीए चौथो भएको थियो। 

प्रतियोगितामा नेपाल र चीनका ४/४ वटा गरी ८ टिम सहभागी भएका थिए। विजयी खेलाडीहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङले पुरस्कार हस्तान्तरण गरेको थिए। 

चीनबाट ड्रागन बोट रेसका लागि ल्याइएका चिनियाँ डुंगा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। चिनियाँ संस्कृतिको आधारमा बनेका नेपाली परम्परागत भन्दा फरक खाले डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको हो। ड्रागन मुखाकृति भएको डुंगा आकर्षक रहेका छन्। चिनियाँहरूको महत्वपूर्ण चार पर्वमध्येको एक ड्रागन बोट रेस यस वर्षदेखि पोखरामा मनाउन सुरु गरिएको हो। 

महोत्सवमा र प्रतिस्पर्धामा सहभागी हुन चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको ए ३१९ जहाजबाट बुधबार चार्टड फ्लाइटमा खेलाडी, दुई वटा प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार लगायत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो विमानस्थल यही चार्टड विमान हो। 

पुरस्कार वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ड्रागन बोट रेस महोत्सवले संस्कृतिको माध्यमबाट दुई देशको सम्बन्ध थप मजबुत हुने बताए। 

महोत्सवकै लागि चिनियाँ जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएर आएको बताउँदै नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पर्यटक आकर्षण गर्ने नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। 

पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठुकरी ड्रागन बोट रेसमै सहभागी हुन चार्टड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि ढोका खुलेको बताइन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नै नियमित अन्तर्राष्ट्रिय उडान हुने पनि उनले बताइन्। 

नेपालका लागि चिनियाँ राजदूत छन् छोङले ड्रागन बोट रेस आगामी वर्ष पनि हुने भन्दै अर्को वर्ष फेरि भेटौला भनेका थिए। चीन सरकरले चीनबाट ल्याइएका डुंगा चीन सरकराले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको बताउँदै प्रत्येक वर्ष ड्रागन रेस फेस्टिभल पोखरामा आयोजना गरिने पोखरा महानगरपालिकाका मेयर मेयर धनराज आचार्यले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.