जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन एमाले र रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ। रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय फिर्ता नभएको भन्दै मंगलबारको बैठक अवरोध गरेका थिए। लगत्तै एमालेका सांसदहरुले समेत उठेर साथ दिएका थिए।

बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता लिन निरन्तर आवाज उठाएपनि सरकारले वेवास्था गरेकाले फिर्ता नभएसम्म संसद सञ्चालन नहुने जानकारी दिए।  उनले सभामुखमार्फत उक्त निर्णय तत्काल फिर्ता गर्न रुलिङको माग गरेका छन्। 

यता नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मुलुकको निष्पक्ष निर्वाचनको विपक्षमा भएको दाबी गरेका छन्।   जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सरकारले नियोजित ढंगले आगामी निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले ल्याएको बताएका हुन्। 

उनले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासनको इकाईमा राख्ने प्रस्ताव गलत भएको टिप्पणी गरे। उनले अर्थमन्त्रीले मात्र नभई प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने धारणा राखे। 

उनले भने, ‘यो सरकारले नबुझि नसोचि ल्याएको छैन। सरकारले नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्न लागेको छ। सत्ता पक्षधरको आफ्नो जनमत गुमिसकेपछि, जनतामा आफ्नो विश्वास गुमिसके पछाडि आगामी निर्वाचनमा निष्पक्षता हुन नदिने गरी लाग्नुपर्छ भनेर राखेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.