पहिरोले कान्तिलोकपथ अवरुद्ध

पहिरोले कान्तिलोकपथ अवरुद्ध
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : अविरल वर्षापछि गएको पहिरोका कारण हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ। 

मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरतर्फ ललितपुर जिल्लाको भट्टेडाँडास्थित सडकमा पहिरो गएको हो। 

निरन्तर वर्षा भइरहेका कारण मौसम सुधार नभएसम्म पहिरो हटाउन कठिनाइ भएको प्रहरीले जनाएको छ। 

हेटौंडाबाट काठमाडौँ जान हिडेका हल्का सवारी साधनहरुलाई ठिंगन प्रहरी चौकीले सडक सञ्चालन नभएसम्मका लागि लामबद्ध गरी रोकेर राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।
 
त्यस्तै त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदीऔकुलेखानी सडकखण्डको फाखेल, सिस्नेरी, चित्लाङ् र थानकोट सडकखण्डमा भने सवारी साधन निर्वाध सञ्चालन भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.