लगातारको वर्षाले पहिरो खसी पाल्पाका विभिन्न सडक अवरुद्ध

लगातारको वर्षाले पहिरो खसी पाल्पाका विभिन्न सडक अवरुद्ध
सुन्नुहोस्

तानसेन : दुई दिनदेखि लगातार परेको अविरल वर्षाले  पाल्पाका विभिन्न सडकहरुमा पहिरो खसी अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदोसहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

राम्दी देखी रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरुद्ध भएको छ । लेदो हटाउन २ वटा मेसिन तयारी अवस्थामा रहे पनि लगातारको वर्षाको कारण काम गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताए ।

तानसेन रिडी सडक खण्डकको ढुङ्गाखानीको तिन लाकुरी खण्डमा पहिरो झरी सडक अवरुद्ध भएकोमा सडक खुलाउने प्रयास भइरहेको पाल्पा प्रहरीले जनाएको छ । 

  nullतानसेन रानीमहल सडक खण्डको रानीमहल माथि पहिरो खसी सडक अवरुद्ध भएको छ । तानसेन बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चानमा आएको डिभिजन प्रमुख निरौलाले बताए । 

राजमार्ग क्षेत्र बुटवल तानसेन सडकखण्डको हिउँदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बतुङ्गमा जेसिवी आर्यभञ्ज्याङ्ग लोडरसहित जनशक्ति तयारी अवस्थामा राखेर अवरुद्ध भएको क्षेत्रमा ढिलोमा १ घण्टा भित्र पुग्ने गरी व्यबस्थापन मिलाएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख निरौलाले बताए । 

पूर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडक पहिरो झरी बन्द भएको ताहु प्रहरी चौकीले जनाएको छ । आर्यभञ्ज्याङ्ग रामपुर सडकको बेलडाडामा खसेको पहिरो डोजरले हटाई सडक सूचारु गरेको प्रहरी चौकी जप्कादीले जनाएको छ । 

सिद्धार्थ राजमार्गको तानसेन पोखरा खण्डको चिदिपानी धैरेनीमा बन्द भएको सडक फोटो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.