सत्ता जोगाउन गठबन्धनभित्र अर्को गठबन्धन बन्यो : रवि लामिछाने

सत्ता जोगाउन गठबन्धनभित्र अर्को गठबन्धन बन्यो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन सत्ता जोगाउन बनाएको दाबी गरेका छन्। आइतबार गोकर्णेश्वरको नगरभेलालाई सम्बोधन गर्दै उनले जनताका लागि नभई सत्ता जोगाउनका लागि गठबन्धन बनिरहेको बताएका हुन्।

लामिछानेले भने, ‘अहिले ठूला दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन बनाइरहेका छन्। जनता जोगाउने गठबन्धन होइन , सत्ता जोगाउने गठबन्धन हो त्यो। जनता आजपनि अस्पतालमा डाक्टरको पालो नपाएर, महिनौं अपोइन्टमेन्ट नपाएर बसेका छन्, विदेशमा अलपत्र परेर बसिरहेका छन्, उनीहरुका लागि गठबन्धन गर्नुपर्दैन ? अहिले त गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ। त्यो पनि सत्ता जोगाउन।’

सत्ता गठबन्धनमा आबद्ध संसदभित्रका माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा नेपाल बनाएको छ। लामिछानेले यहि समाजवादी मोर्चालाई लक्षित गर्दै यस्तो बताएका हुन्।

नेपाली जनताले गठबन्धनबाट वाक्क भएर नेपाली जनताले घण्टी बजाएको स्मरण गराए। उनले छोटो समयमा नै रास्वपाले २१ सिट जितेको उल्लेख गरे। उनले पार्टीले भातृ संगठन नबनाउने उद्घोष गरे। भातृ संगठन भनेको पार्टीलाई मात्र नभई देशलाई नै भार हुने उनको भनाई छ।

लामिछानेले आफूले पार्टीलाई योगदान दिने नभई देशलाई योगदान दिनसक्ने मानिस रास्वपामा खोजिरहेको बताए। उनले राजनीतिलाई सङ्ल्याएर सुशासन कायम गर्न रास्वपा उदय भएको दाबी गरे। लामिछानेले अरु दल छाडेर रास्वपामा आएका नेताहरुलाई दुष्मनको व्यवहार नगर्न आग्रह गरे।   

उनले नेपाली जनताले खोजेको र रोजेको पार्टी रास्वपा भएको दाबी गरे। लामिछानेले ठेक्का, राजदूत, विज्ञ, सल्लाहकार लगायतका पद पाइन्छ कि भन्ने सोचेर व्यक्तिगत स्वार्थका लागि रास्वपा प्रवेश नगर्न आग्रह गरे। उनले भ्रष्टाचारको विरुद्ध सबैजना लाग्नुपर्ने बताए। उनले भने,‘अधिकारको दूरुपयोग नगरौं। इमानसँग काम गरौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.