मिटरब्याजी पीडितको समस्या समाधानमा सरकार गम्भीर : मन्त्री गुरूङ

मिटरब्याजी पीडितको समस्या समाधानमा सरकार गम्भीर : मन्त्री गुरूङ

काठमाडौं : कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्राई नगरिएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केहि ढिलाइ भएपनि मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्राई नगरिएको बताएका हुन्।

 समयमा नै विधेयक संसदमा प्रस्तुत हुनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै उनले नेपाल सरकारका तर्फबाटै माफी मागे। उनले कानसुनमार्फत मिटरब्याजी प्रकरणमा दोषी हुने जो कोहिलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पारे।

उनले आर्थिक लेनदेनको कारोबारलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको र यसका कारण वास्तविक ऋण लिनेहरु नठगिने र नक्कली पीडित हुने समस्या पनि नहुने दावी गरे।

बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.