बैतडीमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु, अर्का गम्भीर

बैतडीमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु, अर्का गम्भीर
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु भएको छ भने अर्का ८ वर्षीय नाती भने गम्भीर घाइते भएका छन्।

बिहीबार दिउँसो हेरचाहाका क्रममा ५० वर्षीय गणेश साउँदले दुई वर्षीय आफ्नै नाती रेसम साउँद र ८ वर्षीय रिजन साउँदलाई कुटेर  गम्भीर घाइते बनाएका थिए  गम्भीर घाइते भएका दुई वर्षीय रेसमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु् भएको हो ।

 अर्का उनका दाजु ८ वर्षीय रिजनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । रिजनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

हजुरबुवाको निर्घात कुटपिटबाट दिपक साउदका दुई वर्षीय छोरा रेसम र ८ वर्षीय रिजन गम्भीर घाइते भएका थिए । हेरचाहा गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । 

कुटपीट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.