मिटरव्याजसम्बन्धी विधेयकबारे एमालेको गम्भीर ध्यानाकर्षण

मिटरव्याजसम्बन्धी विधेयकबारे एमालेको गम्भीर ध्यानाकर्षण
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले मिटरव्याजसम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले सत्ता गठबन्धनले विभिन्न स्वायतः र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियालाप गर्दै आएको भन्दै भर्त्सना गरेको छ। 

सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरुलाई तत्काल पुनःस्थापित गर्न, राष्ट्रिय राजमार्गसहित सडक पूर्वाधारको यथाशिघ्र पुननिर्माण र जनजीवनलाई स्वभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए।

त्यस्तै बैठकले देशैभरि फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, बिमा रकम तत्काल भुक्तानी गर्न र राहत दिन सरकारसँग माग गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.